निर्वाचनमा करिब ६१ प्रतिशत मत खस्यो

भरतपुर, ४ मंसिर । आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो । बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । यो अहिलेसम्म निर्वाचन […]

फिफा विश्वकप आजबाट, ३२ टोलीबीच भिडन्त

भरतपुर, ४ मंसिर । बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् । प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, […]

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

काठमाडौँ, ४ मंसिर । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवर्द्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण […]

प्रहरीले चलाएको गोली लागेर बाजुरामा एकजनाको मृत्यु

धनगढी, ४ मंसिर । बाजुरामा चुनावी हिंसा भड्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । आधा दर्जन भन्दा बढी घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सन्जिव ऐडीको मृत्यु भएको हो । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट उद्दार […]

देवचुलीमा मतपेटिकामा आगजनी

भरतपुर, ४ मंसिर । नवलपरासी पूर्व क्षेत्र नम्बर १ अन्तर्गत देवचुली नगरपालिका- ४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गराइएको छ । आगजनी गराउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश समानुपातिकतर्फको बाकसमा नारायण भण्डारी नामका व्यक्तिले एसिड प्रयोग गरि आगो लगाएर भागेका थिए । प्रहरीले मतदान केन्द्रबाट २ किलोमिटर पर […]

मतदान गर्ने निर्धारित समय सकियो

भरतपुर, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार तय गरिएको मतदान गर्नलाई निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको समय सकिएको हो । तर, ५ बजेअघि मतदान स्थलमा आइसकेका मतदातालाई भने मतदान गर्न दिने निर्वाचन आयोगले बताएको छ । मतदान कार्य सकिएसँगै मत पेटिका संकलन […]

सकियो मतदानको समय, मतदानस्थल प्रवेश गरेकाले भने मतदान गर्न पाउने

भरतपुर, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएको समय समाप्त भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो । ५ बजेभित्र मतदातस्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने छन् । केही निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । […]

पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे मतदान

भरतपुर, ४ मंसिर । पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मतदान गरेका छन् । भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् । श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

विप्लवका कार्यकर्ताले जलाए मतपेटिका 

भरतपुर, ४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन् […]

भरतपुर कारागारमा कैदीबन्दीले गरे मतदान

भरतपुर, ४ मंसिर । जिल्ला कारागार कार्यालय भरतपुरका कैदीवन्दीले मतदान गरेका छन् । आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ । कारगारमा १०१ जना मतदाता रहेका छन् । जसमध्ये ४ जना महिला र ९७ जना पुरुष मतदाता रहेका छन् । कारागारका जेलर एवम् मतदान अधिकृत कमलप्रसाद आर्चायका […]

सय वर्षीया धनकुमारीले गरिन् मतदान

भरतपुर, ४ मंसिर । भरतपुर महानगरपालिका वडा नं ७ स्थित राष्ट्रिय मा.वि. कृष्णपुर मतदानस्थलबाट एक सय वर्षीया वृद्धा धनकुमारी ढकालले मतदान गरेकी छिन् । ढकालले छोरा रामबाबु ढकालको सहयोगमा मतदान गरेकी हुन् । ढकालले यो उमेरमा मतदान गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिइन् । “खुशी छु । भोट हालेर सबैको जय होस भन्ने कामना छ”, […]

मतपत्र अदलबदल हुँदा मतदातालाई हैरानी

भरतपुर, ४ मंसिर । चितवनमा मतदानका क्रममा फरक मतपत्र बाँडेको भेटिएको छ । भरतपुर- १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुर मतदान केन्द्रमा मतदान अधिकृतको लापरवाहीको कारणले प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि निर्वाचन कार्यक्रम केहीबेर रोकिएको छ । ११ भोट खसिसकेपछि मतदाताले घण्टी चुनाव चिह्न नदेखेपछि सोधपुछ गर्दा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश […]

प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन, निर्वाचनपछि आरामले टुङ्गो लाग्छ : प्रचण्ड

भरतपुर, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो नलागेको बताएका छन् । चितवनमा मतदानपछि प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्रीको विषय आरामले टुङ्गो लगाउने दाबी गरे । उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै संविधान, समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने जिकिर गरे । निर्वाचनमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने उनको दाबी छ […]

प्रचण्डले गृह जिल्लामै गरे मतदान

भरतपुर, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले बिहान सात बजे मतदान गरेका हुन् । उक्त केन्द्रबाट प्रचण्डले पहिलो मतदान गरेका हुन् । यस मतदानस्थलमा १ हजार ७ सय ७ मतदाता रहेका छन् । […]

आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक

भरतपुर, ४ मंसिर । निर्वाचन आयोगले आजको आमनिर्वाचनमा सात हजार २१९ जना पर्यवेक्षक परिचालन हुने जनाएको छ । आयोगका अनुसार दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाका १२ जना र ४४ वटा स्वदेशी संस्थाका सात हजार २०७ जनाले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचनको निष्पक्षता अभिवृद्धि गर्न तथा पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता बढाउन आयोगले तटस्थ संस्थाहरूबाट पर्यवेक्षण गराउँदै आएको छ […]

आमनिर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन

pratinidhi sabha pradesh sabha nirbachan 2079

भरतपुर, ४ मंसिर । निर्वाचन आयोगले आज हुने आमनिर्वाचनका लागि दुई लाख ४६ हजार ९६० जना कर्मचारी परिचालन गरेको छ । आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा सात र बढीमा नौ जना कर्मचारी परिचालन भएका छन् । देशभरि कुल २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन् । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मतदान केन्द्रमा हुने […]

आमनिर्वाचनमा चार प्रकारका मतपत्र

भरतपुर, ४ मंसिर । आज हुने मतदानक्रममा एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ । प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ । आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङको चुनाव […]

विश्वकप फूटबल आजदेखि

भरतपुर, ४ मङ्सिर । चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् । कतार विश्वकपमा ३२ […]

आज आमनिर्वाचन

भरतपुर, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो । मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते […]