सकियो मतदानको समय, मतदानस्थल प्रवेश गरेकाले भने मतदान गर्न पाउने

भरतपुर, ४ मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएको समय समाप्त भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।

५ बजेभित्र मतदातस्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने छन् । केही निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ७५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सात प्रदेशको प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० सांसद छान्नका लागि एकै चरणमा मतदाता भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ उम्मेदवार रहेका छन् ।

त्यसैगरी समानुपातिकर्तफ २ हजार १ सय ९९ उम्मेदवार रहेका छन् । त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ हजार ३ सय २४ र समानुपातिकतर्फ ३ हजार ७ सय ८ उम्मेदवार रहेका छन् । निर्वाचन आयोगको नामावलीमा दर्ता भएका मतदाताहरूको संख्या भने १ करोड ७९ लाख ८८ जहार ५ सय ७० मतदाता रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट