पुल्चोक बचतको अध्यक्षमा मीना श्रेष्ठ निर्विरोध

भरतपुर, ५ असोज ।
पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नारायणगढको १४औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सोमबार पर्व ब्यांक्वेट, नारायणगढमा सम्पन्न भएको छ ।

अधिवेशनबाट संस्थाको अध्यक्षमा मीना श्रेष्ठ निर्विरोध चयन भएकी छन् त्यस्तै उपाध्यक्षमा सुनिता धिताल, सचिवमा अमृता बानियाँ, कोषाध्यक्षमा सरस्वती सापकोटा कँडेल तथा सञ्चालक सदस्यमा सुधा रायमाझी, सुमित्रा बराल, गीतादेवी पौडेल, सुजिना पन्त र कान्ती दुवाडी निर्विरोध भएका छन् ।

यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा सुशीला श्रेष्ठ तथा सदस्यमा रूमी श्रेष्ठ र सबिना भट्टराई चयन भएका छन् ।

संस्थामा हाल ८६६ जना शेयर सदस्य रहेको निवर्तमान अध्यक्ष मेनका चापागाईंले कायाकैरनलाई जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library