भरतपुर, ४ मंसिर ।
भरतपुर महानगरपालिका वडा नं ७ स्थित राष्ट्रिय मा.वि. कृष्णपुर मतदानस्थलबाट एक सय वर्षीया वृद्धा धनकुमारी ढकालले मतदान गरेकी छिन् । ढकालले छोरा रामबाबु ढकालको सहयोगमा मतदान गरेकी हुन् ।
ढकालले यो उमेरमा मतदान गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिइन् । “खुशी छु । भोट हालेर सबैको जय होस भन्ने कामना छ”, उनले भनिन् ।

उनलाई छोरा रामबाबुले बोकेर मतदान स्थल लगेका थिए । यस्तै, उनका श्रीमान् ९७ वर्षीय विष्णु प्रसाद ढकालले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् ।





