भरतपुर, ४ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार तय गरिएको मतदान गर्नलाई निर्धारित समय सकिएको छ ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको समय सकिएको हो । तर, ५ बजेअघि मतदान स्थलमा आइसकेका मतदातालाई भने मतदान गर्न दिने निर्वाचन आयोगले बताएको छ ।
मतदान कार्य सकिएसँगै मत पेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने तयारी गरिएको आयोगले जानकारी दिएको छ । आयोगले सम्पूर्ण मतगणना ८ दिनभित्रमा सक्ने तयारी गरेको छ ।




