आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक

भरतपुर, ४ मंसिर ।
निर्वाचन आयोगले आजको आमनिर्वाचनमा सात हजार २१९ जना पर्यवेक्षक परिचालन हुने जनाएको छ । आयोगका अनुसार दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाका १२ जना र ४४ वटा स्वदेशी संस्थाका सात हजार २०७ जनाले निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।

निर्वाचनको निष्पक्षता अभिवृद्धि गर्न तथा पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता बढाउन आयोगले तटस्थ संस्थाहरूबाट पर्यवेक्षण गराउँदै आएको छ । निर्वाचन अवलोकनका लागि १८ वटा कूटनीतिक नियोगले आयोगबाट अनुमति लिएका छन् । भारत, बङ्गलादेश, भुटान र माल्दिभ्स गरी चार राष्ट्रका प्रमुख निर्वाचन आयुक्त, दक्षिण कोरियाका आयुक्त र जापानका ‘स्टेट मिनिस्टर’ले निर्वाचनको अवलोकन गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट