धनगढी, ४ मंसिर ।
बाजुरामा चुनावी हिंसा भड्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सन्जिव ऐडीको मृत्यु भएको हो । झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।
घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिँदैछ । ४जना घाइतेलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।





