भरतपुर, ४ मंसिर ।
चितवनमा मतदानका क्रममा फरक मतपत्र बाँडेको भेटिएको छ । भरतपुर- १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुर मतदान केन्द्रमा मतदान अधिकृतको लापरवाहीको कारणले प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि निर्वाचन कार्यक्रम केहीबेर रोकिएको छ ।
११ भोट खसिसकेपछि मतदाताले घण्टी चुनाव चिह्न नदेखेपछि सोधपुछ गर्दा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको दिइएको पत्ता लागेको थियो ।
खसेको ११ भोट विथड्र गरेर पुन: अर्को मतपत्रमा भोट हाल्न लगाइएको हो । चार जनाले पुन प्रतिनिधि सभाको मतपत्रमा भोट हाले भने बाँकी ७ जना खोजी भइरहेको छ ।





