प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन, निर्वाचनपछि आरामले टुङ्गो लाग्छ : प्रचण्ड

भरतपुर, ४ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो नलागेको बताएका छन् । चितवनमा मतदानपछि प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्रीको विषय आरामले टुङ्गो लगाउने दाबी गरे ।

उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै संविधान, समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने जिकिर गरे । निर्वाचनमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने उनको दाबी छ । आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको भन्दै निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको उनले बताए ।

प्रचण्डले चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने धारणा राखे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट