भरतपुर, ४ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गरेका छन् । चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले बिहान सात बजे मतदान गरेका हुन् ।
उक्त केन्द्रबाट प्रचण्डले पहिलो मतदान गरेका हुन् । यस मतदानस्थलमा १ हजार ७ सय ७ मतदाता रहेका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट गृह जिल्ला चितवन आएका हुन् ।
२०७४ सालको निर्वाचनमा प्रचण्ड यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, अहिले यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन् ।





