विमानस्थलमा प्रधानमन्त्री शाहको औपचारिक बिदाइ कार्यक्रम नहुने

काठमाडौं, ६ असोज ।
प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइको परम्परा तोड्ने भएका छन् ।

प्रधानमन्त्रीका सहयोगी तथा परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा यसपटक प्रधानमन्त्रीको औपचारिक बिदाइ समारोह आयोजना गरिने छैन ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम आयोजना हुने गरेको थियो । कार्यक्रममा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहने गरेको थियो। नेपाली सेनाले प्रधानमन्त्रीलाई गार्ड अफ अनरसमेत दिने परम्परा थियो ।

तर, यसपटक भने त्यस्तो औपचारिक कार्यक्रम नहुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जमा रोकिने छैन । प्रधानमन्त्रीको सवारी सिधै विमान पार्किङ गरिएको स्थलसम्म जानेछ ।

यससँगै विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीलाई विमानस्थलमा गरिने परम्परागत औपचारिक बिदाइको शैलीमा परिवर्तन हुने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library