झरही खोलाको नदिजन्य पदार्थ बिक्री गरिने

देवचुली, १५ भदौ । झरही खोलाबाट नदिजन्य पदार्थ बिक्री वितरण गर्न देवचुली र गैंडाकोट नगरपालिका सहमत भएका छन् । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको सिमानामा पर्ने झरही खोलामा वर्षेनी नदिजन्य पदार्थ जम्मा हुन गई बस्तिभित्र पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त नदिजन्य पदार्थ व्यवस्थापन गर्न दुवै नगरपालिकाको संयुक्त आर्थिक दायित्व हुने गरि गैंडाकोट नगरपालिकाले प्रारम्भिक […]
चितवन सभापति खनालको संघीय निर्वाचनमा उठ्ने आकांक्षा

भरतपुर, १५ भदौ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आसन्न संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । पार्टीको २ नम्बर क्षेत्रीय समितिमा उम्मेदवार बन्न नाम दर्ता गराउँदै खनालले संघीय निर्वाचनमा लड्ने आफ्नो आकांक्षा औपचारिक रुपमै सार्वजनिक गरेका हुन् । खनालले बुधबार क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेमार्फत नाम दर्ताका […]
स्वीकृत नलिई कार्यालय नआउने कर्मचारी कारबाहीमा

राप्ती, भदौ १५ । राप्ती नगरपालिकाको कार्यालय र वडाहरुमा छड्के जाँच भएको छ । राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र सम्बन्धित वडाका वडाअध्यक्षहरुले समयमा कार्यालय नआउने कर्मचारीलाई छड्के जाँच गरेका हुन् । बुधबार मात्र १६ जना कर्मचारी छड्के जाँचमा परेका छन् । बिहान १०:१५ देखि बेलुकी ४:४५ बजेसम्म गरिएको चेकिङमा कर्मचारीहरु परेका हुन् […]
अद्यावधिक छैनन् पुस्तकालय

भरतपुर, १५ भदौ । हिजोआज आम मानिसले पुस्तकालयको प्रयोगलाई कम गर्दै गए पनि यसको महत्त्व भने नघटेको पाठकहरूले बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा रामेश्वर पुस्तकालय तथा वाचनालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले पुस्तकालयको महत्त्वका बारेमा विचारहरू राखेका छन् । प्राध्यापक एवम् लेखक उदय अधिकारीले चितवन जिल्लामा भएका पुस्तकालयलाई राज्यले व्यवस्थित गर्न […]
समानुपातिकतर्फ प्रधानले दिए आवेदन

भरतपुर, १५ भदौ । नेपाली कांग्रेस पार्टीभित्रको बेथितिका बारेमा खरो रुपमा उत्रिने काँग्रेसका युवा नेता सुवोध प्रधानले प्रदेश सभा सदस्यमा उठ्ने इच्छा राखेका छन् । बाग्मती प्रदेश सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ (क) बाट प्रधानले समानुपातिकतर्फ आवेदन दिएका छन् । `पार्टीलाई रचनात्मक बाटोमा अघि बढाउन र विकासका लागि आवाज उठाउन प्रदेश सभा सदस्य […]
तीज (कविता)

हुँदा खानेलाई संस्कार हुने खानेलाई झङ्कार संस्कारको नाउँमा देखासिकी र प्रतिस्पर्धाले जरा गाड्दै गएको चेलीहरूको चाड हरितालिका यान कि तीज ! छैन पानी लोप्चन कुवामा झर्दैनन् जोर धारा पँधेरोमा मनका दुःख र पीडासँगै खुशी र हाँसो छर्दै मस्किँदै, इल्लिँदै नुहाउँदैनन् दिदीबहिनीहरू पँधेरोमा थाप्दैनन् चाल्नीबाट पानी भनिँदैन “अपमार्ग सीता लस्कर सर्व पाप हरहर” टोकिँदैनन् दतिवन दाँतले […]
मेघौलीमा तीज विशेष रमाइलो मेला सम्पन्न

भरतपुर, १५ भदौ । पश्चिम चितवनस्थित भरतपुर-२७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तीज विशेष कार्यक्रम गरिएको हो । पर्साढाप आँपबगैँचास्थित शिवालय पार्कमा मेला आयोजना गरिएको थियो । रमाइलो मेलामा तीज गीत नृत्य प्रतियोगितासँगै ठेला हान्ने, घैंटो फुटाई, म्युजिकल चियरलगायतका खेलहरु पनि […]
एसक्यूसी चितवनको सातौं हब कन्भेन्सन सम्पन्न

भरतपुर, १५ भदौ । नारायणी इंगलिस पब्लिक स्कूलमा एसक्यूसी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न भएको छ । क्वेष्ट नेपालकी अध्यक्ष एवं ग्यालेक्सी पब्लिक स्कूलकी प्राचार्य सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा भएको थियो । क्वेष्ट नेपालका केन्द्रीय सदस्य एवं स्मल हेभन मोडल स्कूलका प्राचार्य विमलकुमार क्षेत्री, भरतपुर […]
चितवन- २ बाट चुनाव लड्न राज्यमन्त्री श्रेष्ठले नेपाली काँग्रेस क्षेत्रीय समितिमा दिए आवेदन

भरतपुर, १५ भदौ । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । […]
७२ जनाले गरे रक्तदान

भरतपुर, १५ भदौ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ नारायणगढ संगमचोक सन्जीवनी, लियो क्लब अफ नारायणगढ बालकुमारी, रोटर्याक्ट क्लब अफ भरतपुर तथा नारायणी मोटर्सको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १० महिला सहित ७२ जना रक्तदाताले रक्तदान गरेका छन् । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल […]
आउँदो निर्वाचनमा साढे २ लाख कर्मचारी परिचालन हुने

काठमाडौं, १५ भदौ । आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेशसभा चुनावमा करिब २ लाख ४६ हजार कर्मचारी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचनमा आवश्यक पर्नेमध्ये करिब ९८ प्रतिशत कर्मचारीलाई मतदान केन्द्रमा खटाइनेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब २ लाख ४६ हजार ९६० जनशक्ति आवश्यक […]
बयान दिन सिफारिस समितिमा उपस्थित भए जबरा

काठमाडौं, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन् । भाद्र ८ गते बसेको समितिको बैठकले राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदवार पुगे पनि समितिको […]
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन, १५ भदौ । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । […]
दुई समूहबीचको झडपमा एकजनाको मृत्यु
कर्णाली, १५ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा […]
तीजमा नाचगान गरिरहेका दुईजनाको चट्याङ लागेर मृत्यु

देउखुरी, १५ भदौ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग बयान आज

काठमाडाैं, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बुधबार बयान लिँदै छ । बिहान ११ बजे बस्ने सिफारिस समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । भदाै ८ गते बसेकाे समितिकाे बैठकले जबरालाई भदाै १५ गते बयानका लागि बाेलाउने निर्णय गरेकाे थियाे । बैठकमा जबरालाई आफ्ना […]