भरतपुर, १५ भदौ ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ नारायणगढ संगमचोक सन्जीवनी, लियो क्लब अफ नारायणगढ बालकुमारी, रोटर्याक्ट क्लब अफ भरतपुर तथा नारायणी मोटर्सको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १० महिला सहित ७२ जना रक्तदाताले रक्तदान गरेका छन् ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट सचिव दिनेश गैरे, डिष्ट्रिक्ट लिडरशिप ट्रेनर सुनिल घिमिरे, जोन १४ का जेडआरआर गोविन्द पराजुली, लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, राजकुमार श्रेष्ठ, रामप्रसाद भट्टलगायत डिष्ट्रिक्ट ३२५ आरका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेसहित क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठ बिशेष अतिथिको रुपमा सहभागी थिए । पछिल्लोसमय जिल्लामा रगतको अभाव देखिएकाले संयुक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष स्वरुप तिवारीले बताए ।





