तनहुँ, १३ असार ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा दुई स्कुले बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विद्यालयबाट घर फर्किँदै पैदल हिँडिरहेका बालबालिकालाई UP 13 A 0770 नम्बरको भारतीय गाडीले ठक्कर दिएको थियो । तीव्र गतिका कारण गाडी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै बालबालिकालाई तत्काल आँबुखैरेनी अस्पताल पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
मृत्यु हुने बालबालिका चौना र उलियम एउटै परिवारका दाजु–भाइका छोराछोरी रहेको स्थानीयले बताए ।
घटनापछि प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।





