अर्किड स्कुलको नेपाली शब्दखेलमा वाल्मीकि शिक्षा सदन प्रथम

भरतपुर, १३ असार । अर्किड स्कुल भरतपुरको आयोजनामा सम्पन्न प्रथम अन्तरविद्यालयस्तरीय नेपाली शब्दखेल प्रतियोगितामा वाल्मीकि शिक्षा सदन, भरतपुर प्रथम भएको छ । प्रतियोगितामा भानु मेमोरियल स्कुल, रत्ननगर द्वितीय तथा नारायणी पब्लिक स्कुल, भरतपुर तृतीय बने । कार्यक्रमका प्रमुख अतिथि लेखराम सापकोटाले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफूले जानेका कुरा प्रस्तुत गर्नेभन्दा पनि नयाँ ज्ञान सिकेर फर्कने अवसरका […]
रत्नप्रभाको तेस्रो अङ्क सार्वजनिक, चितवनको इतिहास र साहित्य समेटिएको विशेषाङ्क

रत्ननगर, १३ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक पत्रिका ‘रत्नप्रभा’ को तेस्रो अङ्क सार्वजनिक गरिएको छ। प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक, वडा नं. ५ का अध्यक्ष बालकृष्ण चापागाईं, वडा नं. ६ का अध्यक्ष किरण महतो तथा साहित्यकार इन्द्रप्रसाद रेग्मीले संयुक्त रूपमा पत्रिकाको विमोचन गर्नुभएको हो । नवीन अङ्कमा विविध साहित्यिक […]
लायन्स क्लब अफ नारायणगढ बालकुमारीद्वारा ८ विद्यार्थीलाई छात्रवृत्ति

नवलपरासी, १३ असार । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले देवचुली नगरपालिका–१२, गैँडीस्थित दिव्यज्योति आधारभूत विद्यालयका आठ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको ‘लायन्स क्लब अफ नारायणगढ बालकुमारी अक्षय कोष’बाट यस वर्ष रु. १६ हजार ४२२ बराबरको छात्रवृत्ति कक्षा ८ […]
भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु

तनहुँ, १३ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार विद्यालयबाट घर फर्किँदै पैदल हिँडिरहेका बालबालिकालाई UP 13 A 0770 नम्बरको भारतीय गाडीले ठक्कर दिएको थियो । तीव्र गतिका कारण गाडी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ […]