अर्किड स्कुलको नेपाली शब्दखेलमा वाल्मीकि शिक्षा सदन प्रथम

भरतपुर, १३ असार ।

अर्किड स्कुल भरतपुरको आयोजनामा सम्पन्न प्रथम अन्तरविद्यालयस्तरीय नेपाली शब्दखेल प्रतियोगितामा वाल्मीकि शिक्षा सदन, भरतपुर प्रथम भएको छ । प्रतियोगितामा भानु मेमोरियल स्कुल, रत्ननगर द्वितीय तथा नारायणी पब्लिक स्कुल, भरतपुर तृतीय बने ।

कार्यक्रमका प्रमुख अतिथि लेखराम सापकोटाले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफूले जानेका कुरा प्रस्तुत गर्नेभन्दा पनि नयाँ ज्ञान सिकेर फर्कने अवसरका रूपमा कार्यक्रमलाई लिन आग्रह गर्नुभयो । उहाँले शब्दज्ञानको भण्डार अत्यन्तै विशाल रहेको उल्लेख गर्दै त्यसका लागि विद्यालयका पाठ्यपुस्तकमात्र पर्याप्त नहुने बताउनुभयो ।

प्रमुख अतिथि सापकोटाले अभिभावक र समाजसँग घुलमिल हुने, अरूका कुरा ध्यानपूर्वक सुन्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, सामाजिक सञ्जालको सकारात्मक प्रयोग गर्ने तथा पत्रपत्रिका पढ्ने बानीले शब्दज्ञान उल्लेखनीय रूपमा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यालयका प्रबन्ध निर्देशक आकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण हरिराम रेग्मीले गर्नुभएको थियो । सहप्राचार्य पुरुषोत्तम दुवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संयोजक मीरा आचार्यले यो प्रतियोगिताको पहिलो शृङ्खला भएको जानकारी दिँदै आगामी दिनमा जिल्लाका अधिकांश विद्यालयलाई समेटेर यसलाई नियमित रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट