रुकुम पश्चिम, ७ भदौ ।
माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिका–८, एकान्तमा विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शौचालय जानका लागि गाडीबाट ओर्लिएकी स्वस्तिका र उनकी छोरीलाई माइक्रोबसले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो ।
उनीहरूको बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




