सूर्य लाकोजूको ‘एक झुल्को घाम’ लोकार्पण

काभ्रे, ७ भदौ । कवि सूर्य लाकोजूको नवीनतम कविता सङ्ग्रह ‘एक झुल्को घाम’ हालै एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका छन् । कृति लोकार्पण गर्दै प्रमुख अतिथि श्रेष्ठले कवि तथा साहित्यकार देशका गौरव भएको बताए । कृतिमाथि चर्चा गर्दै समालोचक डा. ज्ञानु अधिकारीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति स्थापित गरिसकेका लाकोजूको प्रस्तुत […]
भीमफेदीको राष्ट्रिय कविता प्रतियोगितामा हेमप्रकाश मञ्जिल प्रथम

मकवानपुर, ७ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका–४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन् । ‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएसँगै मञ्जिलले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । साहित्यकार तुल्सी थापाको स्मृतिमा आइतबार आयोजित प्रतियोगितामा लालबन्दी नगरपालिका–४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाऊँ ?’ शीर्षकको […]
सेनाको एनसीसी तालिम भरतपुरको ग्रीनल्याण्ड पब्लिकमा सुरु

चितवन, ७ भदौ । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा नपाली सेनाले देशभर सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम सुरु भएको छ । स्कुलमा आइतबारबाट एनसीसी तालिम सुरु भएको हो । नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गणपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलकी प्राचार्य ईन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका […]
माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु

रुकुम पश्चिम, ७ भदौ । माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–८, एकान्तमा विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ । शौचालय जानका लागि गाडीबाट ओर्लिएकी स्वस्तिका र उनकी छोरीलाई माइक्रोबसले […]