पेरिस वर्ल्ड गेम्स खेल्न स्वतिश्री स्पोर्ट्स एकेडेमी फ्रान्स जाँदै

काठमाडौं, १२ असार ।
नेपालको प्रतिनिधित्व गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमीको युवा फुटबल टोली असार २१ गते (आइतबार) फ्रान्स प्रस्थान गर्ने भएको छ । टोलीले जुलाई ६ देखि ११ सम्म पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्स–२०२६ अन्तर्गत ७-ए-साइड फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

विश्वका विभिन्न देशका युवा टोली सहभागी हुने प्रतियोगितामा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् । विदेशी टोलीसँगको प्रतिस्पर्धाबाट खेलाडीहरूको अनुभव, सीप र आत्मविश्वासमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

टोलीमा साक्ष्यात नेपाल, वाङ्दु दोर्जे गुरुङ, श्रेयांश श्रेष्ठ, आर्नव राज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसन श्रेष्ठ अधिकारी रहेका छन्। टोलीका मुख्य प्रशिक्षक ज्वाला विष्ट (पुष्पा) हुन्।
एकेडेमीका अनुसार प्रतियोगितामा सहभागिताले नेपाली युवा फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र खेलाडीहरूलाई विश्वस्तरीय अनुभव दिलाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट