झरही खोलाको नदिजन्य पदार्थ बिक्री गरिने

देवचुली, १५ भदौ ।
झरही खोलाबाट नदिजन्य पदार्थ बिक्री वितरण गर्न देवचुली र गैंडाकोट नगरपालिका सहमत भएका छन् । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको सिमानामा पर्ने झरही खोलामा वर्षेनी नदिजन्य पदार्थ जम्मा हुन गई बस्तिभित्र पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त नदिजन्य पदार्थ व्यवस्थापन गर्न दुवै नगरपालिकाको संयुक्त आर्थिक दायित्व हुने गरि गैंडाकोट नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणको प्रक्रिया अगाडी बढाउने भएको छ । सो प्रतिवेदनको आधारमा खोलाबाट नदिजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो ।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन र बिक्री वितरण गर्दै आइरहेको कार्यलाई स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहको अधिकार भित्र पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा नदिजन्य पदार्थको उत्खनन र बिक्री वितरण गर्ने कार्य स्थानीय तह मातहतमा ल्याउन सरोकारवाला निकायसँग संयुक्त पहल गर्ने निर्णय समेत गरिएको छ ।

गैंडाकोट नगरपालिकामा भएको अन्तरतह समन्वयात्मक बैठकमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइराला, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र गैंडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट