निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग बयान आज

काठमाडाैं, १५ भदौ ।
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बुधबार बयान लिँदै छ ।

बिहान ११ बजे बस्ने सिफारिस समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । भदाै ८ गते बसेकाे समितिकाे बैठकले जबरालाई भदाै १५ गते बयानका लागि बाेलाउने निर्णय गरेकाे थियाे ।

बैठकमा जबरालाई आफ्ना विषयमा स्पष्टिकरण दिन मौका दिने र जबरामाथि लागेका आरोपबारे बयान लिइने समितिले जनाएको छ । गत फागुन १ गते सत्तारुढ दलका सांसद्ले जबरामाथि महाअभियोग लगाएका थिए । त्यसपछि फागुन २३ गते बसेकाे प्रतिनिधि सभा बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

सोही सिफारिस समितिले जबरालाई बयानका लागि बोलाएको हो । यसअघि समितिले जबराविरुद्ध उजुरी तथा प्रमाण आह्वान गरेको थियो । समितिले उजुरी तथा प्रमाण आह्वान गरेकाे समयमावधीभित्र नेपाल बार एशाेसिएशनलगायतले समितिलाई प्रमाण उपलब्ध गराका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट