काठमाडौं, १५ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन् ।
भाद्र ८ गते बसेको समितिको बैठकले राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदवार पुगे पनि समितिको बैठक भने अझै सुरु भएको छैन ।
समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुने गरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाभियोग सिफारिस
समितिमा बुझाइसकेको छ । प्रधानन्यायाधीश राणालाई संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरूले महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । संसदमा महाभियोग दर्ता भएको ६ महिनापछि संसदले महाभियोग छलफलको लागि समितिमा पठाएको थियो ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो ।
समितिले विभिन्न २१वटा विषयसँग जोडिएका प्रश्नको जवाफ राणासँग माग्नेछ । राणाले प्रधानन्यायाधीशको हैसियतमा भ्रष्टाचार गरेको सन्दर्भलाई बलियो मुद्दा बनाउने तयारीमा समिति रहेको छ ।





