काँग्रेस महाधिवेशन : पूर्वी नवलपरासीमा नातिनीले हराइन् हजुरआमालाई

कावासोती, १० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नवलपरासी(पूर्व) प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचनमा नातिनीले हजुरआमालाई पराजित गरेकी छन् । गत बुधबार सम्पन्न निर्वाचनको खस आर्य महिलामा उम्मेद्वारी दिएकी कल्पना कुँवरले नातामा आफ्नी हजुरआमा पर्ने उमादेवी कुँवरलाई पराजित गरेकी हुन् । पराजित उम्मेद्वार कुँवर विजयी उम्मेद्वारकी कान्छी काकीकी कान्छी सासू हुन् । उनले […]

चितवनमा रुकुमको झाँक्री नाच

भरतपुर, १० मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनका क्रममा नारायणगढका सडकमा विभिन्न अनुहारहरु देखा परे । मुलुकका विभिन्न भागबाट महाधिवेशनमा सहभागी हुन् सबै जाति र सबै भेषभुषाका मानिसहरू चितवन आए । यिनै अनुहारहरु मध्ये पूर्वी रुकुमको एउटा समूह नारायणगढमा देखियो । पूर्वी रुकुमाबाट बिहीबार हिँडेको ३० जनाको टोलीले चितवनमा आजबाट सुरु भएको महाधिवेशनमा त्यहाँको ऐतिहासिक […]

एउटै मञ्चमा सँगसँगै हुँदा पनि बोलेनन् यादव र ठाकुर

भरतपुर, १० मंसिर । नौ महीनापछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर एउटै मञ्चमा देखिएका छन् । प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादका कारण बोली बाराबारको अवस्थामा पुगेका उनीहरू नेकपा एमालेको १० औँ महाधिवेशन कार्यक्रममा एउटै मञ्चको एउटै सोफामा […]

एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ : ओली

भरतपुर, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको मूल फुटाउन आगामी चुनावमा बहुमतका साथ जित हासिल गर्नुपर्ने बताएका छन् । चितवनमा पार्टीको १० औँ महाधिवेशनलाई उद्घाटन गर्दै एमालेका लागि बहुमत नभई देश बनाउनका लागि बहुमत आवश्यक पर्ने बताए । उनले भने, ‘एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि देशको सार्वभौमसत्ता रक्षा […]

कति जनता आए एमाले महाधिवेशनमा ? (फोटो फिचर)

चितवन, १० मंसिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आजबाट सुरु भएको छ । नारायणगढको नारायणी नदी किनारमा आयोजित विशाल सभामा महाधिवेशन उद्घाटन गरिएको छ । एमालेले देशैभरबाट ल्याएका कार्यकर्ता तथा शुभेच्छुक महाधिवेशन उद्घाटनको साक्षी बने । एमालेले नदी किनारमा ५ लाखभन्दा बढी जनता उतार्ने दाबी गर्दै आएको थियो । यति नै संख्यामा समर्थक […]

एकता महाधिवेशनपछि राप्रपामा एक मात्रै अध्यक्ष रहने

मंसिर १०, चितवन । एकता महाधिवेशनले एउटा मात्र पार्टी अध्यक्ष चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनमा सहभागी हुन चितवन आएका अध्यक्ष थापाले भरतपुर विमानस्थलमा पत्रकाहरुसँग बोल्दै भने – ‘यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुन गइरहेको राप्रपा महाधिवेशनको विधान प्रस्तावअनुसार अब एउटा मात्र […]

देश, जनता र लाेकतन्त्रकाे रक्षाका लागि एमालेले बहुमत ल्याउनुपर्छ – केपी ओली

भरतपुर, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीकाे नीति विराेधकाे नीति नभएकाे बताएका छन् । पार्टीकाे दशाैं राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेकाे नीति राष्ट्रिय एकताकाे नीति रहेकाे बताए । पार्टीकाे दशाैं महाधिवेशनबाट एमालेकाे नीति प्रष्ट पारिने पनि अध्यक्ष ओलीले बताए । उनले भने – ‘हामी सामाजिक […]

मंसिर १७ देखि मतदाता नामावली संकलन

भरतपुर, १० मंसिर । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ । ‘यी कार्यालय नभएका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन विशेष अभियान सुरु […]

कांग्रेस जिल्ला अधिवेशन आजदेखि

भरतपुर, १० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज जिल्ला अधिवेशन हुँदैछ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख छ । प्रदेश दुईका आठ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समितिले जनाएको छ […]

महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

भरतपुर, १० मंसिर । आज शुक्रबार दशौं केन्द्रीय कमिटीको बैठकपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । बैठक सौराहमा राति ८ बजे हुनेछ । उक्त बैठकमा दशौं महाधिवेशन बन्दसत्रमा प्रस्तुत हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् । २०७१ साल असारमा भएको नवौं महाधिवेशनबाट निर्वाचित भएको कमिटीको […]

एमाले महाधिवेशन : हेलिकप्टर लिएर चितवन आउँदै देउवा

भरतपुर, १० मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन् । उनी हेलिकोप्टरबाट आउने बताइएको छ । महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौं फर्किने छन् […]

एमाले महाधिवेशन उद्घाटनमा तीन ठाउँबाट मुख्य र्‍याली

भरतपुर, १० मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको आज शुक्रबार हुने उद्घाटनमा मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटनमा भरतपुरका सात ठाउँमा नेता कार्यकर्ता भेला हुनेछन् । तीन ठूलाका तुलनामा अरू साना र्‍याली हुनेछन् । उद्घाटन समारोहमा पाँच लाख जनालाई सहभागी गराउने दाबी गर्दै आइएको महाधिवेशनमा पूर्वी क्षेत्रका […]

नेपाल र मलेसिया भिड्दै

भरतपुर, १० मंसिर । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समयअनुसार ११:१५ बजे सुरु हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजीसहित नेटरनरेटलाई सुधार गर्ने योजनामा […]

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

भरतपुर, १० मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ […]

एमाले महाधिवेशन : नारायणी किनारमा महा उत्सव

भरतपुर, १० मंसिर । पार्टीको महाधिवेशन भनेपछि यसै त भीडभाड बढ्छ, झन् देशकै ठूलो पार्टीको ! नारायणगढमा आज ‘पाइला राख्न’ मुस्किल छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आजबाट यहाँस्थित नारायणी नदी किनारमा उद्घाटन गरिँदै छ । त्यसका लागि ५ लाख मान्छे उतार्ने घोषणा एमालेले धेरै अघि नै गरेको हो । शक्ति प्रदर्शनका लागि सकेको बल […]