एउटै मञ्चमा सँगसँगै हुँदा पनि बोलेनन् यादव र ठाकुर

भरतपुर, १० मंसिर ।
नौ महीनापछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर एउटै मञ्चमा देखिएका छन् । प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादका कारण बोली बाराबारको अवस्थामा पुगेका उनीहरू नेकपा एमालेको १० औँ महाधिवेशन कार्यक्रममा एउटै मञ्चको एउटै सोफामा सँगै देखिएका हुन् ।

एकै सोफामा हुँदा पनि उनीहरू एकापसमा बोलचाल भने गरेनन् ।

संयोगको विषय त ओलीलाई समर्थन गर्ने/नगर्ने विवादका कारण बोलचाल पार्टी फुटसम्म पुगेका उनीहरू ओली नेतृत्वकै नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन कार्यक्रममा सँगै देखिएका छन् । केही समयअघि अमेरिकी सहायकविदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदा अमेरिकी राजदूताबासले ठाकुर र यादवलाई भेटका लागि आमन्त्रण गरेको थियो । तर ठाकुरले यादवका साथ नभेट्ने भन्दै सन्देश पठाएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा एकसाथ विरोधमा उत्रिएका ठाकुर र यादव सर्वोच्चको फैसलापछि फरकफरक बाटोमा लागेका थिए । ठाकुर ओलीलाई समर्थन गर्न पुगे भने यादव उनको विरोधमा उभिए । त्यही मतभेदका कारण माघ मसान्तपछि उनीहरू सार्वजनिक रूपमा एकैसाथ देखिएका थिएनन् ।

जसपाबाट अलग्गिएपछि ठाकुरले गत भदौमा लोसपा पार्टी गठन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट