एमाले महाधिवेशन उद्घाटनमा तीन ठाउँबाट मुख्य र्‍याली

भरतपुर, १० मंसिर ।
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको आज शुक्रबार हुने उद्घाटनमा मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटनमा भरतपुरका सात ठाउँमा नेता कार्यकर्ता भेला हुनेछन् । तीन ठूलाका तुलनामा अरू साना र्‍याली हुनेछन् ।

उद्घाटन समारोहमा पाँच लाख जनालाई सहभागी गराउने दाबी गर्दै आइएको महाधिवेशनमा पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । उता पश्चिम क्षेत्रका लागि नवलपुर गैँडाकोटमा भेला हुनेछ । त्यसैगरी मुस्लिन तर्फबाट आउनेहरूका लागि आँपटारीमा भेला भएर र्‍याली अघि बढ्नेछ ।

यस्तै भरतपुरका अन्य मुख्य चोकहरूबाट पनि र्‍याली निस्कने छ । ती बसपार्कबाट आउने र्‍याली मिसिँदै अगाडि बढ्ने एमालेले जनाएको छ । उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी छ ।

महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभा स्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरू राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट