आरम्भ कलेज लगातार चौथोपटक चितवन टप

चितवन, २५ भदौ ।

चितवनस्थित आरम्भ कलेज स्नातक तह प्रथम सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक जिल्लामै प्रथम (चितवन टप) बन्न सफल भएको छ ।

कलेजका विद्यार्थीले बीएचएम (BHM) मा ३.९२ र बीआईटीएम (BITM) मा ३.९५ जीपीए हासिल गरेका छन् । बीआईटीएमतर्फकी छात्रा सुहानाले ३.९५ जीपीए ल्याउँदै देशभर पाँचौँ स्थान हासिल गरेकी कलेजले जनाएको छ ।

कलेजको चौथो ब्याचको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको निरन्तर मेहनत र कलेजको शैक्षिक वातावरणका कारण यो सफलता सम्भव भएको बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षाका लागि काठमाडौँ वा विदेश धाउनुपर्ने अवस्था अन्त्य हुँदै गएको दाबी गर्नुभयो । “गुणस्तरीय शिक्षाका लागि अब चितवन छोडेर काठमाडौँ वा विदेश जानुपर्दैन भन्ने कुरा हाम्रा विद्यार्थीले साबित गरेका छन्,” उहाँले भन्नुभयो ।

लगातार चौथोपटक जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु चितवनमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने प्रमाण भएको उहाँको भनाइ थियो ।

नयाँ विद्यार्थीलाई स्वागत गर्दै प्राचार्य शिवाकोटीले अग्रज विद्यार्थीले कायम गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट