रत्ननगर हिरासतमा पुस्तक हस्तान्तरण, पुस्तकमार्फत सकारात्मक परिवर्तनको प्रयास

भरतपुर, २५ भदौ । हिरासतमा रहेका व्यक्तिहरूमा अध्ययनको वातावरण सिर्जना गरी सकारात्मक सोच, ज्ञान र चेतनाको विकास गर्ने उद्देश्यले रत्ननगरमा पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, चितवनको पहलमा हिरासत कक्षमा पुस्तकालय अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय, रत्ननगरमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरिएको हो । शिक्षा दिवसको अवसर पारेर भदौ २३ […]

भोटेकोशी बाढी : खोजीमा तालिमप्राप्त कुकुरदेखि विदेशी प्राविधिकसम्म

काठमाडौं, २५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित विभिन्न निकायका टोली परिचालन भएका छन् । सरकारी तथ्याङ्कअनुसार बाढीमा हालसम्म १ हजार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन […]

देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको सदरमुकाम विदुर पुगेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । देउवा बिहीबार बिहान गाडीमार्फत नुवाकोट पुगेका थिए । उनीसँगै कांग्रेस नेता प्रकाशशरण महत पनि नुवाकोट पुगेका थिए । महतका अनुसार देउवाले छोटो समयमै तादी खोलामाथि नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको अवलोकन गरेका थिए । […]

नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र संघ चितवनद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

नुवाकोट, २५ भदौ । रसुवाबाट आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले नुवाकोटको विदुर नगरपालिका–९ मा ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् । बाढी तथा विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले आयोजित राहत वितरण कार्यक्रममा लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न, सेनेटरी प्याड, […]

देवीघाटमा सेनाले जडान गर्‍यो एक्रो ब्रिज, शुक्रबारदेखि सवारी चल्ने

भरतपुर, २५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ । सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम बुधबार राति सम्पन्न गरेको हो । सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको हो । पुल जडान भएसँगै […]

आरम्भ कलेज लगातार चौथोपटक चितवन टप

चितवन, २५ भदौ । चितवनस्थित आरम्भ कलेज स्नातक तह प्रथम सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक जिल्लामै प्रथम (चितवन टप) बन्न सफल भएको छ । कलेजका विद्यार्थीले बीएचएम (BHM) मा ३.९२ र बीआईटीएम (BITM) मा ३.९५ जीपीए हासिल गरेका छन् । बीआईटीएमतर्फकी छात्रा सुहानाले ३.९५ जीपीए ल्याउँदै देशभर पाँचौँ स्थान हासिल गरेकी कलेजले जनाएको […]