काठमाडौं, २५ भदौ ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नुवाकोटको सदरमुकाम विदुर पुगेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
देउवा बिहीबार बिहान गाडीमार्फत नुवाकोट पुगेका थिए । उनीसँगै कांग्रेस नेता प्रकाशशरण महत पनि नुवाकोट पुगेका थिए ।
महतका अनुसार देउवाले छोटो समयमै तादी खोलामाथि नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको अवलोकन गरेका थिए । त्यस क्रममा उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाली सेनाले गरिरहेको कामको प्रशंसा गरेका थिए ।
देउवा विदुर बजारनजिकै रहेको होल्डिङ सेन्टरमा समेत पुगेका थिए । त्यहाँ उनले बाढी प्रभावितका लागि केही राहत सामग्री हस्तान्तरण गरेका थिए ।
अवलोकनपछि देउवा काठमाडौं फर्किएका छन् ।





