भोटेकोशी बाढी : खोजीमा तालिमप्राप्त कुकुरदेखि विदेशी प्राविधिकसम्म

काठमाडौं, २५ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित विभिन्न निकायका टोली परिचालन भएका छन् ।

सरकारी तथ्याङ्कअनुसार बाढीमा हालसम्म १ हजार ३ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनको कामलाई निरन्तरता दिइएको छ ।

खोजी तथा उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी गरी २१ हजार ४ सय २ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरूसँगै विभिन्न देशका विशेषज्ञ तथा प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न छन् । ड्रोनलगायतका प्रविधिको प्रयोग गर्दै जलविद्युत् आयोजना तथा अन्य जोखिमयुक्त क्षेत्रमा बेपत्ताको खोजी भइरहेको छ ।

बेपत्ताको खोजीमा नेपाल प्रहरीले विशेष तालिम दिएका सर्च एन्ड रेस्क्यु (सार) डग समेत परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भग्नावशेष, नदी किनार तथा पहुँच कठिन भएका क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

नेपाल प्रहरीले विशेष तालिम दिएका रक्की, जम्बो, लियो र कालु अहिले रसुवा र नुवाकोट क्षेत्रमा खटिएका छन् । उपलब्ध विवरणअनुसार जम्बो र रक्कीलाई रसुवामा तथा लियो र कालुलाई नुवाकोटमा खोजी कार्यमा परिचालन गरिएको छ ।

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले खोजी कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायले नदी किनार, भग्नावशेष तथा जोखिमयुक्त संरचनामा केन्द्रित भएर अभियान सञ्चालन गरिरहेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि बाढीसम्बन्धी खोजी, उद्धार, राहत, शव संकलन तथा बेपत्ता व्यक्तिको विवरण नियमित रूपमा अद्यावधिक गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट