काठमाडौं । गायक हेमन्त शर्मा र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘मायामा के राम्रो’ सार्वजनिक भएको छ ।
गीतको भिडियो गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। शर्मा स्वयंको शब्द रहेको गीतमा कृष्ण बीके (भाञ्जा) को संगीत संयोजन छ। यस्तै गीतको मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका हुन् ।
‘जून खुलेकै राम्रो, मायामा के राम्रो’ र ‘त्यता चोट लाग्दा यता दिल दुख्ने, यही जोडी हो राम्रो’ जस्ता प्रेमिल भाव गीतका मुख्य पंक्तिमा छन् । गीतले प्रेममा रहेका दुई व्यक्तिबीचको आत्मीयता र सम्बन्धलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
गीतको भिडियोमा सुनिल क्षेत्री र करिश्मा केसीले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि क्षेत्रीले नै गरेका हुन् । करिब ८ मिनेट लम्बाई रहेको भिडियोमा सम्पादन भने अमृत चापागाईंको रहेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :





