भोटेकोशी बाढीपीडितका लागि महानगरीय ख्रीष्टिय समाजको झन्डै ५ लाख सहयोग

भरतपुर, २४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका […]
चिलिमे सुरुङमा उद्धार कार्यमा सहयोग गर्न कुलमान घिसिङ पुगे

भरतपुर, २४ भदौ । सुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ चिलिमे पुगेका छन् । नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय तथा प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेको उनको सचिवालयले जनाएको छ । घिसिङले यसअघि चिलिमे जलविद्युत् आयोजनामा कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । […]
‘जून खुलेकै राम्रो, मायामा के राम्रो’ भन्दै आए हेमन्त शर्मा र अस्मिता अधिकारी (भिडियो सहित)

काठमाडौं । गायक हेमन्त शर्मा र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘मायामा के राम्रो’ सार्वजनिक भएको छ । गीतको भिडियो गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। शर्मा स्वयंको शब्द रहेको गीतमा कृष्ण बीके (भाञ्जा) को संगीत संयोजन छ। यस्तै गीतको मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । ‘जून खुलेकै राम्रो, मायामा के […]
साढेसातीको ज्योतिषीय महत्त्व

ज्योतिषशास्त्रमा सूर्यपुत्र ग्रह अर्थात् शनीलाई दुःखको कारक ग्रह मानिन्छ । शनि ग्रहको गति मन्द हुन्छ । शनिलाई कर्मको न्यायाधीश मानिन्छ । शनि पापी ग्रह, तमोगुणी ग्रह भएकाले पनि ज्योतिष शास्त्रमा यसलाई अशुभ ग्रह मानिएको हो । शनि ग्रहको कालो वर्ण आलसी स्वभावको, दीर्घ प्रकृतिको हुन्छ भनेर वराहमिहिरले पनि बताएका छन् । साढेसाती भनेको नामले नै […]