भरतपुर, १० मंसिर ।
नेकपा एमालेको १०औँ महाधिवेशनका क्रममा नारायणगढका सडकमा विभिन्न अनुहारहरु देखा परे । मुलुकका विभिन्न भागबाट महाधिवेशनमा सहभागी हुन् सबै जाति र सबै भेषभुषाका मानिसहरू चितवन आए । यिनै अनुहारहरु मध्ये पूर्वी रुकुमको एउटा समूह नारायणगढमा देखियो । पूर्वी रुकुमाबाट बिहीबार हिँडेको ३० जनाको टोलीले चितवनमा आजबाट सुरु भएको महाधिवेशनमा त्यहाँको ऐतिहासिक झाँक्री नाच देखाए ।
पूर्वीरुकुमको लुकुम गाउँदेखि आफ्नो ठाउँको नाच देखाउँ भनेर लामो यात्रा गरेर यहाँ आइपुगेको टोलीमा रहेका दावा धनले बताए । यो टोली त्यहाँबाट ४ वटा गाडीमा नारायणगढ आइपुगेको हो । नारायणगढको मुख्य सडकबाट झाँक्री नाच देखाउँदै यो टोली महाधिवेशनस्थल नारायणी किनारको मञ्चमै पुगेको थियो ।
हेरौँ केही तस्वीर :





