चितवन, १० मंसिर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आजबाट सुरु भएको छ । नारायणगढको नारायणी नदी किनारमा आयोजित विशाल सभामा महाधिवेशन उद्घाटन गरिएको छ ।
एमालेले देशैभरबाट ल्याएका कार्यकर्ता तथा शुभेच्छुक महाधिवेशन उद्घाटनको साक्षी बने । एमालेले नदी किनारमा ५ लाखभन्दा बढी जनता उतार्ने दाबी गर्दै आएको थियो । यति नै संख्यामा समर्थक उपस्थित भए भन्ने आधार त छैन । तर, कतिपयको अनुमानमा चितवनको कुनै पनि जमघटमा एकैपटक यति मान्छे जम्मा भएका थिएनन् ।
एमाले महाधिवेशन उद्घाटनमा कति जनता आएका थिए त ? अनुमान लगाउनुस् विनोदबाबु रिजालले खिचेका केही फोटामा :

















