कावासोती, १० मंसिर ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नवलपरासी(पूर्व) प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचनमा नातिनीले हजुरआमालाई पराजित गरेकी छन् ।
गत बुधबार सम्पन्न निर्वाचनको खस आर्य महिलामा उम्मेद्वारी दिएकी कल्पना कुँवरले नातामा आफ्नी हजुरआमा पर्ने उमादेवी कुँवरलाई पराजित गरेकी हुन् ।
पराजित उम्मेद्वार कुँवर विजयी उम्मेद्वारकी कान्छी काकीकी कान्छी सासू हुन् ।
उनले आफ्नी हजुरआमालाई ४५ मतान्तरले हराएकी हुन् ।
उनले कुल ५ सय ४३ मत प्राप्त गरिन् भने उनकी हजुरआमाले ४ सय ९८ मात्रै मत प्राप्त गरिन् ।




