मंसिर १७ देखि मतदाता नामावली संकलन

भरतपुर, १० मंसिर ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ ।
‘यी कार्यालय नभएका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन विशेष अभियान सुरु गर्न लागेका छौं,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनेर अभियान सुरु गर्न लागेका हौं ।’

२०७४ मा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । स्थानीय तह निर्वाचन ऐनअनुसार पदावधि सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । ऐनको प्रावधान मान्दा चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुन्छ । निर्वाचन मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

मतदाता नामावली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगले जनाएको छ । नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको समेत मतदाता नामावलीको विवरण संकलन गरिने आयोगले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट