एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ : ओली

भरतपुर, १० मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको मूल फुटाउन आगामी चुनावमा बहुमतका साथ जित हासिल गर्नुपर्ने बताएका छन् ।

चितवनमा पार्टीको १० औँ महाधिवेशनलाई उद्घाटन गर्दै एमालेका लागि बहुमत नभई देश बनाउनका लागि बहुमत आवश्यक पर्ने बताए ।

उनले भने, ‘एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि देशको सार्वभौमसत्ता रक्षा गर्नका लागि, यस देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि, संविधानको गलत व्याख्यालाई जन अभिमतबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउन पर्छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट