देश, जनता र लाेकतन्त्रकाे रक्षाका लागि एमालेले बहुमत ल्याउनुपर्छ – केपी ओली

भरतपुर, १० मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीकाे नीति विराेधकाे नीति नभएकाे बताएका छन् ।

पार्टीकाे दशाैं राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेकाे नीति राष्ट्रिय एकताकाे नीति रहेकाे बताए । पार्टीकाे दशाैं महाधिवेशनबाट एमालेकाे नीति प्रष्ट पारिने पनि अध्यक्ष ओलीले बताए ।

उनले भने – ‘हामी सामाजिक सद्‍भावकाे पक्षमा छाैं, शान्तिकाे पक्षमा छाैं, सहअस्तित्व र सहकार्यकाे पक्षमा छाैं, सामाजिक न्याय र समानताकाे पक्षमा छाैं, सबैलाई अधिकार दिनुपर्ने पक्षमा छाैं, हाम्राे नीति विराेधकाे नीति हाेइन राष्ट्रिय एकताकाे नीति हाे, स्वाधिनता रक्षाकाे नीति हाे ।’

आफूहरु सार्वमाैभसत्ता चाहाने भन्दै उनले आकारमा देश सानाे ठूलाे भएपनि सबै देशकाे सार्वमाैमसत्ता समान रहेकाे बताए । छिमेकीसँग अझैपनि कतिपय समस्या रहेका भन्दै उनले ती सबै छलफलकाे माध्यमबाट टुंग्याइने बताए । ‘हामीले लिम्पियाधुरासहितकाे जमिन समेटेर नक्सा जारी गर्‍याे,संविधानमा समेट्याैं, संवादकाे माध्यमबाट त्याे जमिन हामी फिर्ता लिनेछाैं, त्याे फिर्ता नलिँदासम्म हामी हेपिएकाे महशुस गर्छाैं, त्यसैले त्याे फिर्ता लिएर हामी मित्रता अगाडि बढाउछाैं ।’

देश, जनता र लाेकतन्त्रकाे रक्षाका लागि एमालेले बहुमतसाथ चुनाव जित्नुपर्ने पनि उनले बताए । आगामी सबै तहकाे चुनावमा एमालेले बहुमत ल्याउने पनि उनले बताए । नेकपा एमाले देशकाे सबैभन्दा ठूलाे पार्टी देशकाे सबैभन्दा बढी जनताले मन पराएकाे पार्टी भएकाे अध्यक्ष ओलीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट