कैलाली भासु भिरमा जिप खस्यो, दुईजनाको मृत्यु तीन घाइते

भरतपुर, २७ साउन । कैलालीको भासु भिरमा जिप खस्दा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट डोटी जाँदै गरेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउद र […]
नेप्सेमा झिनो सुधार, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं, २७ साउन । रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । मंगलबार उच्च अंकले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर […]
प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

भरतपुर, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउन निर्देशन दिएको छ । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन जारी गर्दै परीक्षार्थीको प्रवेशपत्रका आधारमा खोप लगाउन आग्रह गरेको हो । अहिले त्रिविका परिक्षाहरु सञ्चालित छन् । तर, विद्यार्थीले भने खोपको सुनिश्चितता गराएर मात्र परिक्षा लिनुपर्ने भन्दै प्रदर्शन समेत गरेका […]
‘यस्तै हो संसार’ बोलको गीत सार्वजनिक, तीज गीतमा पनि देखिन थाले पल

भरतपुर, २७ साउन । अभिनेता पल शाहले अभिनय गरेको तीज गीत ‘यस्तै हो संसार’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका पल अहिले तीज गीतमा समेत देखिन थालेका छन् । नेत्र अर्यालको शब्द रहेको यस गीतमा गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेले स्वर भरेका छन् । गीतमा संगीत भने […]
२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

भरतपुर, २७ साउन । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् । ‘महसुलबारेको निर्णय […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको नेतृत्व दाबी गर्न बिहीबारसम्मको समय

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि दलहरूलाई प्रदेश प्रमुख शेरचनले बुधबार आह्वान गरेका हुन् । प्रदेशको मुख्यमन्त्रीका लागि आह्वान गरिएको सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेको छ । […]
न्यायपालिकालाई दोष नदिन प्रधानन्यायाधीश जबराको आग्रह

ललितपुर, २७ साउन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरेका छन् । नेपाल कानून व्यवसायी परिषद्ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई […]
सबैले खोप पाऊन् (सम्पादकीय)
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) देखि लिम्पियाधुरा, लिपुलेक, कालापानीसम्मका कुरा गरे । अर्को चुनावमा बहुमत ल्याएर आफू पुनः प्रधानमन्त्री बन्ने दाबी समेत गरे उनले । यी राजनीतिक कुराबाहेक एउटा महत्वपूर्ण प्रसंग उनले उठाए, त्यो थियो कोरोनाविरुद्धको खोप । अहिले […]
पाँच सामुदायिक विद्यालयलाई स्कुल बस

भरतपुर, २७ साउन । भरतपुर महानगरले पाँच सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । महानगरले बुधवार पाँचवटा विद्यालयलाई स्कुल बस हस्तान्त्रण गरेको हो । महानगरभित्रका नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि शुक्रनगर र लक्ष्मी मावि जगतपुरलाई बस हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले सम्बन्धित विद्यालयका अध्यक्ष […]
रमादेवी – हीरालाल स्मृति पुरस्कार ‘आश्रम’ र ‘आमा’ गजलसङ्ग्रहलाई

भरतपुर, २७ साउन । गजल मञ्च चितवनबाट प्रदान गरिने रमादेवी – हीरालाल स्मृति पुरस्कार-२०७६ अमला अधिकारीको `आश्रम´ गजलसङ्ग्रह र २०७७ को पुरस्कार चेतनाथ रुवालीको `आमा´ गजलसङ्ग्रहलाई दिने भएको छ । वि. सं. २०७६ मा कोभिड १९ का कारण स्थगित भएको यो पुरस्कार वर्ष २०७७ का लागि समेत पुस्तक आह्वान गरेर दुई वर्षको पुरस्कार एकैपटक दामासाहीमा […]
तपाईंको मास्क खोइ ?

भरतपुर, २७ साउन । देशभर मास्क अभियान सुरु भएको छ । काेभिड-१९ को संक्रमणदर बढिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान थालेकाे हाे । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारासाथ सुरु अभियान साउन २९ गतेसम्म चल्नेछ । आज बुधबार चितवनमा पनि […]
क्युआर प्रमाणपत्रका लागि आवेदन लिन स्थगित, अनलाइन फारम भर्न सकिने

काठमाडौँ, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कीर्तिपुरमा कोरोना खोप लगाएर आवेदन बुझाएका व्यक्तिहरूले क्यूआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन फाराम लिने कार्य स्थगित गरेको छ । केहीदिन अघि मन्त्रालयले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने व्यवस्था मिलाएको थियो । बुधबार एक सूचना जारी गर्दै […]
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

काठमाडौँ, २७ साउन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरणविपरीत काम गरेको भन्दै गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा उनले आफूलाई राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले स्पष्टीकरण सोधिएको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनले महाप्रबन्धकको जिम्मेवारी […]
एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो : सभामुख सापकोटा

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुने बताएका छन् । सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे विचार राखेका हुन् । ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ । जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठीक हुन्छ,’ सभामुख सापकोटाले भने । […]
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानले पाए ४ वर्षको नियुक्ति

काठमाडौं २७ साउन । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक […]
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौँ २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताए । उनका अनुसार मुख्यमन्त्री पोखरेल राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख अमिक शेरचनलाई […]
तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

काठमाडौँ, २७ साउन । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व […]
उदयपुरमा जङ्गलमा घाँसदाउरा लिन गएकी किशोरीको शव फेला, हत्या आशङ्कामा तीन पक्राउ

उदयपुर, २७ साउन । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै […]
भरतपुर महानगरको सुरक्षा योजना तयार

भरतपुर , २७ साउन । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राखेका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा छन । प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उनको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उनको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट […]
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं, २७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ । कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ । शाक्य आज कार्यालय गएका छैनन् । ११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा […]
आजको मौसम: मेघगर्जन चट्याङसहित भारी वर्षाको

काठमाडौं २७ साउन । बुधबार बिहान (हाल) देशभर मौसम बदली भई थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षासमेत हुने सम्भावना छ। […]
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले दिए राजीनामा

बुटवल २७ साउन । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको उनले बताए । उनी पहिलो पटक वैशाख […]
बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

नुवाकोट २७ साउन । बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार पौडेलबाट पीडित […]