काठमाडौँ, २७ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कीर्तिपुरमा कोरोना खोप लगाएर आवेदन बुझाएका व्यक्तिहरूले क्यूआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन फाराम लिने कार्य स्थगित गरेको छ ।
केहीदिन अघि मन्त्रालयले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने व्यवस्था मिलाएको थियो ।
बुधबार एक सूचना जारी गर्दै अनलाइन फारामका लागि भने https://www.vaccine.mohp.gov.np/public-request-form लिंकमा गएर भर्न सकिने जनाएको छ ।
प्रमाणपत्र तयार भयो कि भएन भनेर जान्नका लागि https://www.vaccine.mohp.gov.np/public-request-form मा गएर क्यू आर कोडसहितको प्रमाणपत्रको लिंक प्राप्त हुने सूचना मार्फत जानकारी गराइएको छ ।






