नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

काठमाडौँ, २७ साउन ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरणविपरीत काम गरेको भन्दै गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले आफूलाई राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले स्पष्टीकरण सोधिएको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले महाप्रबन्धकको जिम्मेवारी लिएपछि पहिलो चरणमा जयनगर(जनकपुर(कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्‍याएको जनाएका छन् । नेपाल भारत सीमा वारपार रेल सञ्चालनको लागि स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिड्युर (एस‌ओपी) तयार गरी दुवै देशका सरकारबाट अनुमोदन गराइसकिएको र रेल सञ्चालन हुने मिति मात्र तय हुन बाँकी रहेको भट्टराईले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ गते रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन ।

भट्टराईको राजीनामा पत्र :

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट