अक्सफोर्डमा नवप्रवेशी विद्यार्थी तथा अभिभावकका लागि अभिमुखीकरण

गैँडाकोट, २७ जेठ ।
अक्सफोर्ड माध्यमिक विद्यालय, गैँडाकोटले कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विभिन्न विभागका प्रमुख एवं प्रशासनिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै +२ व्यवस्थापन विभाग प्रमुख हरिप्रसाद थपलियाले नवप्रवेशी विद्यार्थीहरूलाई अक्सफोर्ड परिवारमा स्वागत गर्दै विद्यालयको शैक्षिक संस्कृति, अनुशासन र उत्कृष्टताप्रतिको प्रतिबद्धताबारे जानकारी गराउनुभयो ।

त्यसैगरी +२ विज्ञान विभाग प्रमुख जगतबहादुर बानियाँले कक्षा ११ को शैक्षिक योजना, मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलाप, आचारसंहिता तथा अध्ययन–अध्यापन प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो ।

प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीले विद्यालयको २६ वर्षे शैक्षिक यात्राको स्मरण गर्दै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि तथा भावी योजनाबारे प्रकाश पार्नुभयो । उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, समूह लोकनृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्रतिनिधि विद्यार्थीले आफ्ना अनुभव र अपेक्षा व्यक्त गरेका थिए भने अभिभावक प्रतिनिधिहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए ।

सहभागी अभिभावक तथा विद्यार्थीहरूले कार्यक्रम जानकारीमूलक, प्रेरणादायी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। समापनका क्रममा उद्घोषक कृष्णहरि पौडेलले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग परिचित गराउनुका साथै आगामी शैक्षिक यात्राका लागि आवश्यक आत्मविश्वास र प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट