अक्सफोर्डमा नवप्रवेशी विद्यार्थी तथा अभिभावकका लागि अभिमुखीकरण

गैँडाकोट, २७ जेठ । अक्सफोर्ड माध्यमिक विद्यालय, गैँडाकोटले कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विभिन्न विभागका प्रमुख एवं प्रशासनिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा […]
बैरिया माविमा स्यानिटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन हस्तान्तरण

चितवन, २७ जेठ । लायन्स क्लब अफ रत्ननगर लेडीजले रत्ननगर–१० स्थित श्री बैरिया माध्यमिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन तथा स्यानिटरी प्याड डिस्पोजल इन्सिनिरेटर मेसिन हस्तान्तरण गरेको छ । नेपाल लायन्स फाउन्डेसन तथा क्लबकी अध्यक्ष सन्जु खनाल रिजालको सहयोगमा विद्यालय परिवारलाई उक्त मेसिन हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । क्लबकी अध्यक्ष रिजालको सभाध्यक्षतामा सम्पन्न […]
हावाहुरी र वर्षाले बगुवनमा ठूलो क्षति

नवलपरासी, २७ जेठ । मङ्गलबार परेको अविरल वर्षा र हावाहुरीका कारण विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन क्षेत्रमा व्यापक क्षति भएको छ । स्थानीय बुद्धराज विश्वकर्माका अनुसार तीव्र हावाहुरीले करिब १५ वटा घरका जस्तापाता उडाएको छ । घरको छाना उड्दा घरभित्र राखिएको अन्नबाली वर्षाले भिजेर नष्ट भएको छ, जसका कारण प्रभावित परिवारहरू थप समस्यामा परेका छन् । […]