गण्डकीमा सभापतिको दौडमा राजन गौतम बलिया दाबेदार

पोखरा, २८ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको पहिलो ऐतिहासिक प्रदेश अधिवेशन नजिकिँदै गर्दा प्रदेश सभापति पदका आकांक्षीहरूमध्ये सांसद राजन गौतम बलिया दाबेदारका रूपमा हेरिन थालेका छन् ।

नवलपुर क्षेत्र नम्बर – १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा गण्डकी प्रदेशभर सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण कार्यकर्तामाझ राम्रो प्रभाव बनाएका छन्। उनी यसअघि पनि रास्वपाको गण्डकी प्रदेश नेतृत्वमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

अधिवेशनमा सभापति पदका लागि अन्य सक्षम उम्मेदवारहरू पनि मैदानमा रहेकाले प्रतिस्पर्धा रोचक हुने देखिए पनि धेरै नेता तथा कार्यकर्ताले राजन गौतमलाई अनुभवी, संगठन बुझेको र प्रदेशलाई एकताबद्ध गर्न सक्ने नेताका रूपमा लिएका छन् ।

यद्यपि अन्तिम निर्णय भने प्रतिनिधिहरूको मतबाट हुने भएकाले सभापति को बन्छ भन्ने टुंगो अधिवेशनले नै लगाउनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट