चितवनको भरतपुरमा शनिबार ‘ऐतिहासिक रक्तदान महोत्सव’ हुँदै

चितवन, २८ जेठ । विश्व रक्तदाता दिवसको अवसर पारेर जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका–१०, दूरसञ्चार रोडस्थित चितवन उद्योग संघको परिसरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म महोत्सव सञ्चालन हुने आयोजक ब्लड डोनर्स सोसाइटी नेपालले जनाएको छ । रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने, नयाँ रक्तदाता उत्पादन गर्ने […]
‘अ-विधवा’ कथा सङ्ग्रहमाथि हेटौंडामा परिचर्चा, ‘प्रेरणा वार्ता’ पुस्तक विमोचन

मकवानपुर, २८ जेठ । मकवानपुरको हेटौंडामा कथाकार गोविन्द गिरी प्रेरणाका लामा कथाहरूको दोस्रो सङ्ग्रह ‘अ-विधवा’ माथि परिचर्चा तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कथा सङ्ग्रहमाथि समीक्षात्मक छलफल गरिएको हो । कार्यक्रममा आरपी गुरागाईं र सुबास सजलले ‘अ-विधवा’ कथा सङ्ग्रहमाथि आफ्ना धारणा राख्दै कथाहरूमा यौन मनोविज्ञान, नेपाली परिवेश र […]
गण्डकीमा सभापतिको दौडमा राजन गौतम बलिया दाबेदार

पोखरा, २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको पहिलो ऐतिहासिक प्रदेश अधिवेशन नजिकिँदै गर्दा प्रदेश सभापति पदका आकांक्षीहरूमध्ये सांसद राजन गौतम बलिया दाबेदारका रूपमा हेरिन थालेका छन् । नवलपुर क्षेत्र नम्बर – १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा गण्डकी प्रदेशभर सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण कार्यकर्तामाझ […]
आजदेखि सुरु हुँदै विश्वकप २०२६, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

भरतपुर, २८ जेठ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । मेक्सिको सिटीस्थित ऐतिहासिक रंगशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली सहभागी […]