प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

भरतपुर, २७ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउन निर्देशन दिएको छ ।

सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन जारी गर्दै परीक्षार्थीको प्रवेशपत्रका आधारमा खोप लगाउन आग्रह गरेको हो । अहिले त्रिविका परिक्षाहरु सञ्चालित छन् ।

तर, विद्यार्थीले भने खोपको सुनिश्चितता गराएर मात्र परिक्षा लिनुपर्ने भन्दै प्रदर्शन समेत गरेका थिए । सोही अनुसार मन्त्रालयले आज निर्देशन दिँदै प्रवेश परीक्षाको आधारमा खोप दिलाउन निर्देशन दिएको हो ।

साथै मन्त्रालयले अनुगमन गरी अष्ट्राजेनेका र भेरोसेलको पहिलो मात्रा विद्यार्थीलाई लगाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट