बुटवल २७ साउन ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको उनले बताए ।
उनी पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए।





