लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौँ २७ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताए । उनका अनुसार मुख्यमन्त्री पोखरेल राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न गएका छन् ।

यसअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा गर्ने वा अविश्वास प्रस्तावको सामना गर्ने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री पोखरेललाई नै दिने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट