‘यस्तै हो संसार’ बोलको गीत सार्वजनिक, तीज गीतमा पनि देखिन थाले पल

भरतपुर, २७ साउन ।
अभिनेता पल शाहले अभिनय गरेको तीज गीत ‘यस्तै हो संसार’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका पल अहिले तीज गीतमा समेत देखिन थालेका छन् ।

नेत्र अर्यालको शब्द रहेको यस गीतमा गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेले स्वर भरेका छन् । गीतमा संगीत भने खेम सेन्चुरीको नै रहेको छ ।

गीतको भिडियोमा पल शाहका साथै दुर्गेश थापा, वर्षा राउत र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

पलले केही दिनअघि रिलिज भएको दुर्गेश थापाको तीज गीत ‘बीच्च बीच्चमा-५’मा समेत अभिनय गरेका थिए ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी र निर्देशन रहेको छ । साथै, भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् ।

गत वर्ष खेम सेन्चुरीको तीज गीत ‘सोचेझै जिन्दगी रैनछ’ले निकै चर्चा बटुलेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट