भरतपुर, २७ साउन ।
देशभर मास्क अभियान सुरु भएको छ । काेभिड-१९ को संक्रमणदर बढिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान थालेकाे हाे । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारासाथ सुरु अभियान साउन २९ गतेसम्म चल्नेछ ।
आज बुधबार चितवनमा पनि मास्क अभियानका क्रममा नागरिकलाई जनस्वास्थ्य मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराइएको छ । लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको आयोजनामा सहिदचोकमा जम्मा भएका लायन्स प्रतिनिधिहरू र सुरक्षाकर्मीहरूले मास्क नलगाईकन हिँडेका बटुवा तथा सवारी चालकलाई `तपाईंको मास्क खोइ ?´ भन्दै मास्क वितरण गरेका थिए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिन यो अभियान गरिएको लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलका संस्थापक अध्यक्ष सुवासकुमार पियाले बताए ।
अभियानका क्रममा कोरोनाबाट जोगिन व्यक्तिगत दूरी कायम गर्नुपर्छ भनेर जानकारी दिनुका साथै मास्क कसरी लगाउने भनेर सिकाइएको थियो ।
हेरौं केही तस्वीर :






