थप १६०३ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

भरतपुर, २० असार । नेपालभर पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ४ हजार ८७६ परीक्षणमा १ हजार ४२ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार २५६ परीक्षणमा ५६१ जनामा संक्रमण पुष्टि […]

क्यानडाले चर्काे गर्मीसँगै डढेलोको सामना गर्दै

भरतपुर, २० असार । क्यानडाको पश्चिमी क्षेत्रमा चट्याङ पर्दा १ सय ३० भन्दा बढी क्षेत्रमा डढेलो सल्किएको छ । क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा एक सातायता निकै चर्को गर्मी भइरहेको थियो । क्यानडाको संघीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि ब्रिटिस कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ । यसै साताको सुरुमा उक्त प्रदेशको लिटन गाउँका मानिसहरू चर्को गर्मी […]

पाकिस्तान आइपुग्यो अमेरिकी सहयोगको खोप

  भरतपुर, २० असार । अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको २५ लाख खोप पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ । अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । खोपले पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारी न्यूनीकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । महामारीले अप्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पाकिस्तानको संघीय […]

भारी वर्षापछि जापानमा पनि बाढीपहिरो

भरतपुर, २० असार । मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखिको भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जना हराएका छन् । सिजुको जिल्लाको अतामी गाउँमा बाढीले एक दर्जन घर बगाएको जनाइएको छ । सो गाउँमा घर बगेपछि २० जना बेपत्ता भएका हुन् । अधिकारीहरूले शनिबार बिहानदेखि हराएकाहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । प्रहरी अधिकारीले हराएकाहरूको खोजी […]

बाढीपहिरोका कारण २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौं, २० असार । सरकारले बाढी, पहिरोजस्ता मनसुनजन्य विपत्का कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको बताएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिएका छन् । वर्षाजन्य विपत्का […]

चितवनका अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु

भरतपुर, २० असार । पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा ४ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ तथा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना संक्रमितले ज्यान गुमाएका हुन् । मृतकहरूमध्ये दुई जना चितवनका हुन् भने अन्य १–१ जना नवलपुर र नवलपरासी जिल्लाका भएको कार्यालयले […]

२४ घण्टामा चितवनका ७३ जनामा संक्रमण पुष्टि, थप २ जनाको मृत्यु

भरतपुर, २० असार । पछिल्लो २४ घण्टामा चितवनका थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा पीसीआर तथा १८ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि २५१ जनाको स्वाब संकलन […]

जापानबाट टीका शर्माको तीज गीत सार्वजनिक

भरतपुर, २० असार । चितवन घर भएकी टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतीकै हेला’ सार्वजनिक गरेकी छन् । गीतको म्युजिक भिडियो जिएमएस म्युजिक एन्ड फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वर एवं शब्द शर्माकै रहेको छ भने संगीत र थेगो गायक सूर्य खड्काले भरेका छन् । म्युजिक भिडियोको छायाङ्कन तथा […]

मेस्सी चम्किँदा अर्जेन्टिना काेपा अमेरिकाकाे सेमिफाइनलमा

ब्राजिल, २० असार लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराएको छ । यो जितपछि अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ । यस्तै अर्को खेलमा जित निकाल्नै कोलम्बियाले पनि अन्तिम चारको यात्रा तय गरेको छ । मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा […]

नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि अर्काे पहिरो

भरतपुर, २० असार । नारायणघाट–मुग्लिन सडक खण्डको भोर्ले नजिकै सेती दोभानमा गएको पहिरोले आइतबार पनि बाटो बन्द भएको छ । त्यहाँमा शुक्रबार साँझ नै ठूलो पहिरो गएको थियो । उक्त पहिरो भरतपुरको सडक डिभिजन कार्यालयले शनिबार दिनभर पनि पूरै हटाउन सकेको थिएन । सोही ठाउँमा फेरि पहिरो आएर बाटो अवरुद्ध गरेको चितवन जिल्ला प्रहरी कार्यालयका […]

युरोकप २०२० : इंग्ल्यान्ड सेमिफाइनलमा

भरतपुर, २० असार । इटालीको रोममा भएको युरोकप २०२० को अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । खेलमा इंग्ल्यान्डलका लागि ह्यारी केनले २, ह्यारी मग्युरीले एक र हेन्डरसनले एक गोल गरेका थिए । खेलको सुरुवातमा नै केनको १ गोल भएको थियो । जसले इंग्ल्यान्डलाई अग्रता दियो । त्यसपछि […]

चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा पुग्यो डेनमार्क

भरतपुर, २० असार । चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । खेलको सुरुवातीदेखि नै आक्रामक बनेको डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पारेको […]